बारा प्रहरीले दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ा ईलाका प्रहरी कार्यालय अमलेखगजंबाट खटिएको प्रहरी टोलीले नियमित चेकजाच गर्ने क्रममा रौतहटबाट काठमांडौ तर्फ जाँदै गरेको प्र , ०२, ०३, ००१ ख ००८४ नम्बरको यात्रु बाहक बसबाट घडी ३२५, एयर फोन ९०, वटा बरामद गरेको हो ा यसैगरी रौतहबाट मकवानपुर तर्फ जाँदै गरेको ना ३ ख ६०४६ नम्बरको ट्रकबाट ४ सय बोरो चामल नियन्त्रणमा लिएको छ ा प्रहरीको बरामद गरेको सामा्रगीहरको बिलबिजक नभएपछि थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको डिएसपी न्यौपानेले बताउनु भयो ा प्रहरीले यात्रु बस र ट्रकबाट बरामद गरेको सामानहरुको मुल्याडन ३७ लाख ७१ ह्जार गरेको छ ा