बीरगंजको लिंकरोडमा भारतीय कारले मोटरसाईकललाई ठक्कर दिएको घटनामा गम्भिर घाईते भएकी महिलाको अवस्था नाजुक रहेको छ ा पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताको स्वकीय सचिव मोहम्द निजामले खरीद गरेको भारतीय नम्बर बीआर ०६ सीएक्स ५०२६ सवारी साधनमा सवार भएका सांसद राजकुमार गुप्ताका छोरा रबि गुप्ता र निजामले चलाएको गाडीले बारा जिल्ला कलैया सितलपुर निवासी रमेश कानु र उनको श्रीमती बिन्दु देबी मोटरसाईलमा सवार भई बसपार्कबाट घण्टाघर तर्फ जांदै गर्दा शुक्रवार दिउँसो १ बजे भवानी अस्पताल नजिक ठक्कर दिइएको थियो ा गाडीको ठक्करबाट बिन्दु देबीको अवस्था गम्भिर रहेको छ भने ठक्कर दिने निजाम भने फरार रहेका छन् ा