बिल बिजक शंकास्पद भेटिएपछि बारा प्रहरीले मालवाहक ट्रकमा लोड गरिएको सामान सहित थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले भन्नु भयो, अबैध तरिकाले भन्सार छलेर तस्करी सामग्री आउंदै गरेको प्रहरीलाई सुचना पाएको थियो, सोही सुचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका वडा १ स्थित रहेको पथलैया प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले बीरगंजबाट कांठमांडौ तर्फ जांदै गरेको ना ५ ख ३५५९ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिल बिजक भन्दा बढीको सामानहरु भेटिएपछि थप कारावहीको लागि राजस्व अनुसन्धान कार्यालय पठाएको बताउनु भयो । प्रहरीले नियन्त्रणमा लिइएको ट्रक सहित सामानहरुको मुल्याकन ४० लाख, ४४ हजार, ७ सय २७ रुपैया गरेको छ । यसैगरी बारा जिल्ला आर्दशकोतवाल गाउ“पालिका वडा नम्बर ५ लौकाहाबाट भन्सार छली ल्याएको गुटखा, र चुरोट ३ बोरा, २ झोला, १ कार्टुन गरी २ लाख मुल्याडकन गरि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ।