सशस्त्र प्रहरी बल नेपाल १३ नम्बर गणबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा तस्करीको सामान नियन्त्रणमा लिई थप कारवाहीको लागि बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा सनम श्रेष्ठले भन्नु भयो । चोरी पैठारी भन्सारी छली भारतको रक्सौलबाट बीरगंज तर्फ ल्याउंदै गरेको हामीलाई सुचना पाएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले भने, सोही सुचनाको आधारमा १३ नम्बर गणबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको भुटनदेबी मन्दिर नजिकबाट साईकलमा लोड गरि ल्याउदै गरेको अवस्थामा कस्मेटिक र जुता बरामद गरेको बताउनु भएको छ । सशस्त्र प्रहरी बरामद गरेको जुता र कस्मेटिक ३६ लाख, ३९ हजार, ९०० रुपैया बराबर मुल्याकड्न गरि भन्सार कार्यालय पठाएको डिएसपी सनम श्रेष्ठले जानकारी दिनुयो । तस्करहरुले दशवटा साईकलमा लोड गरि तस्करीको सामा्रगीहरु ल्याउने क्रममा सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको हो । साईकल चालक र भरिया तस्कर फरार रहेको बुझनमा आएको छ ।