बारा प्रहरीले लागु औषध मृद्धामा फरार रहेका एक अभियुतmलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभएको छ ा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी फतेपुरबाट खटिएको संयुतm प्रहरी टोलीले बिशेष सुचनाको आधारमा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ११ बस्ने ३२ वर्षीय साधु यादबलाई पक्राउ गरिएको हो ा बारा जिल्ला अदालतले साधु यादबलाई लागु औषध मृद्धामा १ वर्ष ५ महिना , ६ दिन तथा बीस हजार जरिवानाको फैसला सुनाएपछि यादब फरार भएका थिए ा फरार यादब गाउँ घरमा लुकी छिपी बस्दै आइरहेको प्रहरीलाई जानकारी पाएपछि घरबाट नै पक्राउ गरिएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भयो ा प्रहरी हिरासतमा रहेका साधुलाई कानुनी प्रक्रिया अगाडी बढाएर भोली अदालतमा पेश गरिने डिएसपी न्यौपानेले बताउनु भएको छ ा