नेपालमा प्रतिबन्धित रहेको लागु औषध सहित पर्सा प्रहरीले तीनजनालाई पक्राउ गरेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भएको छ ा बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो पर्सा र प्रहरी चौकी बसपार्कबाट खटिएको संयुतm प्रहरी टोलीले लागु औषध खैरो हिरोईन सहित बीरगंज महानगरपालिका वडा नम्बर १६ बस्ने ६१ वर्षीय राजबली महतो, सोही स्थान बस्ने ४५ वर्षीय मनोहर महतो र बारा परवानीपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ३७ वर्षीय अबधेश प्रसाद पटेल पक्राउ परेको प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो, सुचनाको आधारमा बीरगंज महानगरपालिका वडा नम्बर १६ स्थित रहेको सडकखण्ड नजिक प्रहरीले तीनजनालाई नियन्त्रणमा लिई शरीर खानतलाशी गर्दा राजबली महतोले लगाएको ज्याकेटको दाहिने खल्तीबाट सेतो रंगको प्लाष्टिकमा बेरी लुकाई छिपाई राखेको अवस्थामा लागु औषध खैरौ हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्राम फेला परेको र मनोहर महतोबाट नै प्रहरी खैरो हिरोईन जस्तो देखिने सेतो पदार्थ ५० ग्र्राम फेला परेको र अवधेश पटेल पनि लागु औषध कार्यमा संकलगन रहेको भन्दै प्रहरीले पक्राउ गरेको हो ा खैरो हिरोईन सहित पक्राउ परेका तीनजनालाई लागु औषध मृद्दामा थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा