बारा प्रहरी अबैध लागु औषध गाँजा सहित एक युवकलाई पक्राउ गरेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ स्थित टेडा रोड नजिकै पदैला यात्रुमाथी शंका लागेपछि खानतलाशी गर्दा झोला भित्र लुकाई छिपाई लगीरहेको अवस्थामा दश किलो गाँजा सहित हेटौडा नगरपालिका वडा नम्बर ३ बस्तीपुर बस्ने २७ वर्षीय पवन गिरीलाई पक्राउ गरिएको डिएसपी न्यौपानेले जानकारी दिनु भएको छ ा पक्राउ परेका गिरीलाई लागु औषध मृद्दामा अनुसन्धान भईरहेको बारा प्रहरीले जनाएको हो ा