बाराको अमलेखगंज स्थित रहेको नेपाल आयल निगमको प्रादेशिक कार्यालयको लापरवाहीको कारण एक बालकले घटना स्थलमा नै घटना ज्यान गुमाएको छ ा बिधुतीकरणका लागि सडकमा राखिएको पोलको रठमा छिरिएर जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २१ बस्ने ललित गोलेका ११ वर्षीय छोरा लक्कीको ज्यान गएको अमलेखगंजका प्रहरीले बताएका छन् ा मृत्क लक्की घरबाट स्कुल जाने क्रममा भरियांग बनाउका लागि राखिएको पोलको रठमा छिरीएका थिए ा लक्की जीतपुर सिमरा महानगरपालिका अमलेखगंज स्थित रहेको होडिंग गार्डन बोर्डिड स्कुलमा कक्षा पाँचमा अध्ययनरत बिधार्थी थिए ा जीतपुर सिमराका २१ नम्बरका वडा अध्यक्ष सुभाष श्रेष्ठले निगमको चरम लापरवाहीको कारणले गर्दा ११ वर्षीय बालकले ज्यान गुमाएको बताउनु भयो ा घटनाको जिम्मेवारी निगमले नै लिनुपर्ने वडा अध्यक्ष श्रेष्ठको भनाई रहेको छ ा अमलेखगंजका स्थानिय वासिन्दाहरुले सडक छेउमा राखेको रठको हटाउन आग्रह गर्दा पनि नहटाएको कारणले गर्दा एक बालकको मृत्यु भएको भन्दै स्थानिय वासिन्दाहरु आका्रेश पोखेका छन् ा मृत्क लक्कीको शव पोष्टमार्डमको लागि नारायणी अस्पतालमा पठाएको बारा प्रहरीले जनाएको छ ा