बारामा एक महिलालाई कुटपिट गरि बलात्कार गरेको आरोपमा युवकलाई पक्राउ गरिएको छ ा जितपुर सिमरा उपमहानगरपालिका १८ बस्ने कुस्माडीका प्रताप भनिने २३ वर्षिय नरेश चौधरीले ५५ वर्षिय महिलालाई मकैबारीमा लगि कुटपिट गरेर बलात्कारको प्रयास गरेका छन् ा पिडीत महिलाले आफनो पतिको लागि नास्ता लिएर एक्लै जाने क्रममा चौधरीले सडकको एकान्तमा रोकी कुटपिट गरि बलात्कारको प्रयास गर्न खोज्दा महिला रोएको र चिच्याएको हल्ला गरेपछि सोही बाटोबाट पिडीतको देवर जांदै गर्दा आवाज सुनेर हेर्न जांदा चौधरी फरार भएका थिए ा स्थानिय वासिन्दा र प्रहरीको सहयोगमा ५५ वर्षिय महिलाको उपचार प्रादेशिक अस्पताल कलैयामा भईरहेको छ ा महिला माथि बलात्कार भएको प्रयास जानकारी पाएपछि ईलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरी टोलीले नरेश चौधरीलाई पक्राउ गरेको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा