बिलबिजक भन्दा बढीको मालबस्तु लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो । राजस्व छली गरी अबैध तरिकाले बीरगंजबाट बिराटनगरतर्फ जा“दै गरेको हामीलाई सुचना पाएको प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो, सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १४ नजिक रहेको गण्डकको सडक खण्ड निर ना ३ ख ४४१५ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा कपडा तथा खुद्रा समानहरुको बिल बिजक नभए पछि उतm ट्रकलाई नियन्त्रणमा लिइएको डिएसपी थापाले बताउनु भएको छ । प्रहरीले ट्रक भित्र बरामद गरेको सामाग्रीहरुको ४४ लाख, ५५ हजार ६ सय ८३ रुपैया मुल्याड्न गरि थप कारवाहीको राजस्व अनुसन्धान कार्यालय पठाएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ।