लागु औषध सहित बारा प्रहरीले तीनजनालाई पक्राउ गरि थप अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा ईलाका प्रहरी कार्यालय परवानीपुरबाट खटिएको प्रहरी टोलीले हेटौडाबाट बीरगंजतर्फ जाँदै गरेको भे १ च १२०४ नम्बरको हाईस गाडीलाई रोकेर खानतलाशी गर्दा झोलामा लुकाई छिपाई राखेको अवस्थामा लागु औषध ८ किलो गाँजा सहित पर्सा बहुदरामाई नगरपालिका बैरिया वडा नम्बर ९ बस्ने गम्भिरा साह कलवार , सोही स्थान बस्ने ३६ वर्षिय बिजय प्रसाद कलवार र बहुदरामाई वडा नम्बर २ बस्ने २५ वर्षिय अरुण मियाा अंसारीलाई पक्राउ गरिएको छ ा पक्राउ परेका तीनजना प्रहरी हिरासतमा रहेका छन् ा बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ४ चैनपुर नजिक प्रहरीले चेकजाँच गर्ने क्रममा लागु औषध बरामद भएको हो ा