अबैध लागु औषधको कारोवार गरेको आरोपमा पर्सा प्रहरीले एक युवकलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा पक्राउ पर्नेमा निचुटा बस्ने पुलेमन मुखिया रहेका छन् ा अबैध लागु औषधको कारोवार भईरहेको प्रहरीलाई सुचना पाएपछि सोही सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीटोलीले पटेर्वा सुगौली गाउापालिका वडा नम्बर ५ निचुटा गाउँ बस्ने २० वर्षिय पुलेमन मुखियाको घरमा खानतलाशी गर्दा खैरो हिराईन जस्तो देखिने २ ग्राम १३ मिली ग्राम , चरेश १४ गा्रम ४७ मिली ग्राम, सेतो पदार्थ १ ग्राम ९४ मिलीग्राम, डिजीटल तराजु एक थान र नगद रुपैया २९ हजार ७० रुपैया बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले भने, नेपालमा प्रतिबन्धित रहेको लागु औषध सहित पक्राउ परेका मुखियालाई पर्सा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान भईरहेको छ ा यसैगरी खैरौ हिराईन जस्तो देखिने पदार्थ सहित एक महिला पक्राउ परेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा बीरगंजबाट कांठमाडौ तर्फ जांदै गरेको ना ६ ख ९८६८ यात्रुबसलाई प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले नियमित यात्रुबसलाई चेकजांच गर्ने क्रममा बीरगंज महानगरपालिका वडा नम्बर २१ ब्स्ने ३० वर्षिय फुलहसन खातुनले बोकेको कालो हेण्ड ब्याग भित्र लुकाई छिपाई राखेको अवस्थामा खैरो हिरोईनको २० प्याकेट गरेर १०५ ग्राम बरामद भएको हो ा प्रहरीले यात्रुबसमा सवार भएका यात्रीहरुले बोकेको सामानहरु चेकजाँच गर्दा खातुन प्रहरीलाई हेर्न बितीकै मुखतल गरेपछि शंकाको आधारमा कालोब्याग चेकजाँच गर्दा अबैध खैरौ हिरोईन बरामद गरिएको डिएसपी थापाले जानकारी दिनुभयो ा पक्राउ परेका खातुनलाई पर्सा जिल्ला अदातलबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भईरहेको बताउनु भएको छ ा