बारा प्रहरीले बिलबिजक भन्दा बढी खुद्रा समान लोड गरेको ट्रकलाई नियन्त्रणमा लिइएको छ । बीरगंजबाट दाडतर्फ जा“दै गरेको ना ६ ख ५९२२ नम्बरको मालवाहक ट्रकलाई जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको प्रहरीटोलीले सुचनाको आधारमा जितपुर सिमरा उपमहानगरपालिका पथलैया चौक नजिक उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजा“च गर्दा बिल बिजक भन्दा बढीको समानहरु बरामद भएपछि उतm मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । ट्रकमा लोड गरिएको समान सहित प्रहरीले ६४ लाख, १ हजार ६ सय ६५ रुपैया मुल्याड्न गरि कारवाही प्रकृया अगाडी बढाएको बताउनु भएको छ । यसैगरि बारा प्रहरीले फरार अभियुतmलाई पक्राउ गरेको छ । चोरी मुद्दामा पक्राउ परेका करैयामाई गाउ“पालिका वडा नम्बर १ मधुवन बस्ने ३२ वर्षिय सजय सहनीलाई बारा जिल्ला अदालतले दोषी ठहर गर्दे १३ हजार ८ सय, ३३ रुपैया जरिवाना गरेको थियो । अदालतको फैसाल आएपछि सहनी फरार भएका थिए । बिशेष सुचनाको आधारमा सहनी घरमा लुकीछिपी बस्दै आईरहेको बारा प्रहरीलाई जानकारी आएपछि पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ।