लोकतन्त्रको नाममा नेताहरुले लुट मच्चाईरहेको आम जनतापार्टीका केन्द्रिय अध्यक्ष प्रभु साहले आरोप लगाउनु भएको छ ा जनयुद्ध दिवसको अवसरमा आम जनता पार्टीले बीरगंजमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पुर्वमन्त्री साहले कांग्रेश र एमालेमा कुनै फरक नहरेको भन्दै देश र जनतालाई कंगाल बनाउनका सतामा बस्नका लागि मरिहत्ये गर्ने गरेको बताउनु भयो ा पुराना दलहरुलाई डाँकाको संकेत गर्देै मन्त्री साहले डाँकाहरको गिरोहमा आफनो पार्टी साधु बनेर आएको दाबी गर्नु भएको छ ा कांग्रेश र कम्युनिष्टहरु देशलाई बर्बाद गर्न तर्फ लागि परेको बताउंदै आफनो पार्टी देश बनाउनको लागि लागि परेको आमजनता पार्टीका अध्यक्ष प्रभु साहले भन्नु भयो, अहिलोको संबिधान दोखा भएको भन्दै त्यहीबेला नै यो संबिधान धोका हो भन्दै हस्ताक्षर नगरेको बताउनु भएको छ ा मधेश आंदोलन र माओवादी जनयुद्धलाई धोका दिएर जारी गरेको संबिधानको कुनै औचित्य नरहेको मन्त्री साहले बताउंदै कांग्रेश र एमाले पार्टीले मधेशलाई मात्र धोका दिने गरेको दाबी गर्नुभयो ा देशको ढुकुटीलाई कंगाल बनाउनका लागि कांग्रेश र कम्युनिष्ट पार्टी लागि परेको बताए ा मओवादीको ११ वर्ष जनयुद्ध जायज भएपनि त्यसबाट माओवादीको नेतामात्र मालामाल भएको तर जनता भने कंगाल भएको बताउनु भयो ा जनयुद्ध नेपाल र नेपाली अवस्था बदल्न र तत्लो वर्गका जनतालाई मालिक बनाउन उदेश्यले भएपनि त्यो उदेश्य पुरा हुन नसकेको मन्त्री साहले बताउनु भयो ा