बीरगंज महानगरपालिकाका मेयर राजेश मान सिंहले बीरगंज महानगरको ३२ वडामा सेवाग्रहीहरुको काम चुस्त र सहज बनाउनको लागि ३२ नम्बरका वडा सचिवहरुलाई निर्देशन दिनुभएको छ ा सेवाग्रहीहरुको काम बिना झण्झट तत्काल गर्न र सुसासन कायम राख्न मेयर सिंहले ३२ वटै वडा समितीका सचिवहरुलाई निर्देशन दिनुभएको हो ा महानगरको सभाकक्षमा ३२ वडा समितीका सचिवहरुको बैठकमा नगर प्रमुख सिंहले वडा कार्यालयमा लिएर आउने सेवाग्रहीहरको काम तुरुन्तै गर्नुपर्ने कडा निर्देशन दिनुभएको छ ा बैठकमा कार्यालय समय भित्र सबै कर्मचारी समयमा उपस्थित हुनुपर्ने , सफाई, बिजुली, बति, सिफासि र बिकास निर्माणको काममा लगनशील भएर लाग्नु पर्ने मेयर सिंहले निर्देशन दिर्दै जनताको काममा ढिलाई गर्ने सचिवलाई तुरुन्तै आफुले कारवाही गर्ने बताउनु भयो ा बैठकमा महानगरको कार्यालय प्रमुख मात्रीका भट्राई , सुशासन समितीका संयोजक प्रदीप चौरसिया लगायत सदस्यहरुको उपस्थिती रहेको थियो ा