स्वदेशी उत्पादनको प्रवद्र्धन, हाम्रो अभियान’ भन्ने नाराका साथ बीरगंजमा एक महिना सम्म जुता चप्पल मेलाको आयोजना हुने पत्रकार सम्मेलन गरेर आयोजक समितीका संयोजक सुरज बन्जाडे बताउनु भएको छ ा बीरगंजको लालबंगलामा लाग्ने लागेको मेलामा नेपाल र भारतका करिब २ लाख भन्दा बढी उपभोक्ता एवं ग्राहकले अवलोकन गर्ने आयोजकको दावी छ । एक महिना सम्म चल्ने ‘दोस्रो वीरगञ्ज फुटवेयर एक्स्पो २०८०’ मेलामा करिब तीन करोड रुपैयाँ बराबरको कारोबार हुने र ३५ देखि ४० हजार जोडि जुत्ता चप्पल विक्री हुने आयोजकले लक्ष्य राखेको छ । मेलामा विभिन्न १३ वटा कम्पनीका ६० भन्दा बढी स्टल रहने मेला समितिका संयोजक सुरज बन्जाडेले जानकारी दिए । मेलामा हरेक जुत्ता–चप्पल खरिदमा १५ देखि ५० प्रतिशतसम्म छुट हुने उनले बताए । एक्स्पो मेलामा हाईलाइफ, शु ल्याण्ड, बेली, बोस शुज, भेनस, सिल्स, वन वल्र्ड, शिखर, पि।जी।शुज, बाम्बो शुज, हिमानी लगायतका ब्राण्डका उत्पादित जुत्ताचप्पल बिक्रीको लागि राखिने उनले जानकारी दिए ।