
बारा जिल्लाको मुसर्वा नाकाबाट संस्थागत तस्करी संचालनमा आएको छ ा नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा रातीको समयमा खुलेआम तस्करी मौलाएको स्थानियहरुले बताएका छन दिउँसो घरेलु प्रयोजनका लागि नुन तेल, चामल अटा जस्ता सामाग्रीहरु लिएर आउँदा सिमानाकामा खटिएका सशस्त्र प्रहरी र नेपाल प्रहरीले सर्वसाधारणहरुलाई एकदम दुख दिने गरेको छन् ा राती तस्करीको लाईन सुचारु हुदा सशस्त्र प्रहरी र नेपाल प्रहरीले सहज तरिकाले नेपालबाट भारत , भारतबाट नेपाल तर्फ आउने दिने गरेको स्थानियहरुको भनाई रहेको छ ा मुसर्वा नाकाबाट अहिले ब्यापक प्याज, कपडा , धान ,कबाड, हार्डवेयर लगायतको सामानहरुको तस्करी भईरहेको छ ा दैनिक राती नेपालबाट भारततर्फ ४० ठेलागाडी कबाड गईरहेको छ भने भारतबाट ३०० साईकलमा प्याजको तस्करी भईरहेको छ ा भारत बिहार घोडासनका नामुद तस्कर रिजवान ठकुराई र बीरगंजका संदीप तस्करहरुले कबाडको नाममा अन्य तस्करी गराईरहेको एक भरपर्दाे श्रोतले जनाएको छ ा मुसर्वामा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका हाकीमहरुले मासिक ३ देखी ४ लाख रुपैया तस्करहरु सँग नजराना बुझेर तस्करी धन्दा फस्टाएको हो ा प्रत्येक कबाडको ठेलाबाट २०० सय र प्याजको साईकलबाट ४० रुपैया नेपाल प्रहरी र सशस्त्र प्रहरीले लिने गरेका छन् ा बाराका प्रहरी उपरिक्षक सुरेस काफलेले तस्करी नियन्त्रण गर्नका लागि प्रहरी खटाएपनि उनकै मतहातमा रहेका मुसर्वाका प्रहरी अधिकृतले खुलेआम तस्करी संचालनमा ल्याउंदा प्रहरी उपरिक्षक काफले मौन बस्नु कारण के हो त ?