ग्यांस सिलीण्डर बिष्पोट हुदां तीन जनाको ज्यान गएको छ भने दुईजना सख्त घाईते भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ा मृत्यु हुनेहरुमा निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षिय रेशम मगर, भारत गवाई बस्ने ३५ वर्षिय राकेश जैसवाल र बीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षिय रितु रहेका छन् भने घाईते हुनेहरुमा निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षिय सुर्य बहादुर थापा भारत रामघड्वा बस्ने २० वर्षिय अरबिन साह रहेका छन् ा अरबिन साहको अवस्था भने नाजुक रहेको उनको उपचार बीरगंजको बयोधा अस्पतालको आसीयु कक्षमा उपचार भईरहेको डिएसपी न्यौपानेले बताउनु भएको छ ा सोमवार बिहान १२ निजगढ नगरपालिका वडा नम्बर ७ बजार नजिकै रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा अचानक ग्यांस सिलीण्डर पड्किदा पाँच जना सख्त घाईते भएको थियो ा घाईतेहरुलाई स्थानिय वासिन्दा र प्रहरीको सहयोगमा उपचारको लागि बीरगंज अस्पताल ल्याए पनि उपचारको क्रममा सोमवार मगर ज्यान गएको थियो भने थप उपचारको क्रममा दुईजनाको मृत्यु भएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले पुष्टि गर्नुभयो ा प्रहरीले सिलीण्डर अचानक कसरी बिष्फोट भयो भने बारेमा अनुसन्धान थालेको छ ा घटना शंकास्पद भएको हुनाले प्रहरीले दुईजनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको डिएसपी दधिराम न्यौपानेले बताएका छन् ा पक्राउ पर्नेहरुमा भारत मोतीहारी बस्ने ४० वर्षिय रमेश जैसवाल र निजगढ नगरपालिका ९ बस्ने २९ वर्षिय टिकाराम पाख्रिड रहेका छन् ा उनीहरु दुबैजना कवाडी किन्ने ब्यापारी रहेका छन् ा