जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिशेष सुचनाको आधारमा बिल बिजक भन्दा बढी खुद्रा मालबस्तु बोकेको मालवाहक मिनी ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले बताउनु भयो ा मिनी ट्रकले भन्सार छली बीरगंजबाट हेटौडा तर्फ जांदै गरेको सुचना पाएको प्रहरी नायब उपरिक्षक थापाले भन्नु भयो, खोजतलाश गर्ने क्रममा प्रदेश ०३, ००१ ख ०३३० नम्बरको मिनीट्रक बीरगंज महानगरपालिका वडा नम्बर १२ मुर्ली चौक नजिकै नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक भन्दा बढीको खुद्रा मालबस्तु तथा औषधीहरु लोड गरेको भेटिएपछि बिल संकास्पद भएपछि उतm ट्रकलाई नियन्त्रणमा लिएर कारवाहीको लागि राजस्व अनुसन्धान पथलैयामा पठाएको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा प्रहरीले बरामद गरेको मालबस्तु र औषधीको मुल्याड्न १६ लाख , ७४ हजार , ४ सय ५ रुपैया गरेको छ भने ट्रकको चालक भने फरार रहेका छन् ा