ग्यांस सिलीण्डर बिष्पोट हुदां तीन जनाको ज्यान गएपछि बारा प्रहरीले दुईजनालाई हिरासतमा लिई अनुसन्धान थालेको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ा बीरगंजमा रहेका आपनो कबाड सञ्चालक रमेशले शंकास्पद धातुबाट तामातार लेथमा काटन थालेपछि बिष्पोट भएपछि लेथ सञ्चालक रेशम मगर सहित तीनजनाको मृत्यु भएको हो ा धातु काट्ने क्रममा बिष्पोट भएको थियो , बिष्पोट धातु काट्ने मालिक रमेश र पाख्रिनलाई पक्राउ गरेको हो ा प्रहरीले शुरुमा लेथमा ग्यांसको सिलीण्डर पड्किएर बताएपनि शंकास्पद धातु बिष्पोट भएको दाबी गर्दे घटनाको अनुसन्धान भईरहेको डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ा कबाड सञ्चालक भारत मोतीहारी बस्ने ४० वर्षिय रमेश जैसवाल र निजगढ नगरपालिका ९ बस्ने २९ वर्षिय टिकाराम पाख्रिडलाई बारा जिल्ला अदालतबाट सात दिनको म्याद थप गरि कर्तब्य ज्यान मुद्दामा अनुसन्धान भईरहेको जानकारी दिनुभयो ा बिष्पोट पदार्थ हो कि होईन अहिले नै भन नमिल्ने बताउंदै डिएसपी न्यौपानेले परिक्षणको लागि पठाएको परिक्षण पछि मात्र केही भन्न मिल्न बताउनु भएको छ ा बिष्पोटबाट कबाड मालिक रमश समेत घाईते भएका छन् ा यसैबीच बिष्पोट भएको शंकासपद बस्तु ६ हजार नेपाली रुपैयामा किनबेच भएको प्रही अनुसन्धानबाट खुलेको छ ा १५ किलो तौल भएको पदार्थ अहिले सम्म खुल्न नसकेको परिक्षणको लागि राष्ट्रिय बिधीबिज्ञान प्रयोगशालामा पठाएको डिएसपी दधिराम न्यौपानेले बताउनु भयो ा गत सोमवार दिउंसो निगगढ बजारको शहिद चोकमा शंकास्पद बस्तु बिष्पोट हुदां तीनजनाको ज्यान गएको हो भने दुईजना घाईते भएका छन् ा मृत्यु हुनेहरुमा निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षिय रेशम मगर, भारत गवाई बस्ने ३५ वर्षिय राकेश जैसवाल र बीरगंज महानगरपालिका वडा नम्बर ९ बस्ने २० वर्षिय रितु रहेका छन् भने घाईते हुनेहरुमा निजगढ नगरपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षिय सुर्य बहादुर थापा भारत रामघड्वा बस्ने २० वर्षिय अरबिन साह रहेका छन् ा अरबिन साहको अवस्था भने नाजुक रहेको उनको उपचार बीरगंजको बयोधा अस्पतालको आसीयु कक्षमा उपचार भईरहेको छ ा सोमवार बिहान १२ निजगढ नगरपालिका वडा नम्बर ७ बजार नजिकै रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा अचानक संकास्पद बस्तु बिष्पोट भएको थियो ा