अबैध लागु औषध गाँजा सहित बारा प्रहरीले तीनजनालाई प्रक्राउ गरेको छ ा प्रक्राउ पर्नेमा बारा जिल्ला आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ३ बतरा बस्ने २७ वर्षिय सरोज कुमार गिरी, रौतहट फतुवा बिजयपुर नगरपालिका वडा नम्बर ३ मेवा बस्ने ५० वर्षिय रामानन्द साह र सोही स्थान बस्ने ४५ वर्षिय चुलाई महरा रहेका छन् ा ईलाका प्रहरी कार्यालय सिमा्रेनगढबाट खटिएको प्रहरी टोलीले नियमित सवारी साधान चेकजांच गर्ने क्रममा बारागढीबाट भारत तर्फ जांदै गरेको ना ३८ प १४११ नम्बरको मोटरसाईकल शंकाको आधारमा खानतलाशी गर्दा मोटरसाईकलको सिटमुनी लुकाई छिपाई राखेको अवस्थामा १५ किलो अबैध गाँजा सहित तीनजनालाई नियन्त्रणमा लिईएको बाराका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा दधिराम न्यौपानेले जानकारी दिनुभयो ा गाँजा सहित प्रक्राउ परेका तीनैजनालाई लागु औषध मुद्दा दर्ता गरि बारा जिल्ला अदालत कलैयाबाट तिन दिनको म्याद थपगरि अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा