पर्सा प्रहरीले बीरगंज नगर क्षेत्रको बिभिन्न स्थानहरुबाट छापामारी गर्दा करिब दुई सय किलो प्याज बरामद गरेको छ ा भन्सार छली ल्याएको प्याज बिशेष सुचनाको आधारमा बरामद गरिएको पर्सा प्रहरीले बताएका छन् ा पर्साका प्रमुख कुमोद ढुंगेल आगमान भएपछि तस्करी नियन्त्रण गर्नका लागि सादा पोशाकमा प्रहरी परिचालन गर्नु भएको छ ा प्रहरीले तस्करी नियन्त्रण गर्न थालेपछि भरिया तस्करहरुले छिमेकी मुलुक भारतको रक्सौलबाट २५ किलो प्याज साईकलमा बोकेर तस्करहरुको गोदाममा थन्काएपछि सुचनाको आधारमा पर्सा प्रहरीले बीरगंजको गहवा, पानमण्डी, रेल्वेरोड लगायत स्थानको गोदाममा छापामारी गर्दा २ सय कुण्टल अबैध प्याज नियन्त्रणमा लिइएको हो ा गोदाममा थन्काएको प्याजको बिलबिजक नभएपछि नियन्त्रणमा लिइएको पर्सा प्रहरीको दाबी रहेको छ ा