देशको आर्थिक अवस्था अहिले नाजुक रहेको छ । नेपाल सरकारले कर्मचारीहरुलाई समयमा तलब दिन नसकेको अवस्था रहेपनि सरकारले नवारणको बल लगाएर कर्मचारीलाई तलब दिईरहेको सबैलाई अवग्त भएको कुरा हो । जब सम्म देशको राजस्वमा बृद्धि नभएसम्म देशको हालत यस्तै नै हुने हो अर्थ बिज्ञहरुले भन्दै आईरहेका छन् । नेपाल सरकारले राजस्व बृद्धी गर्नका लागि हरेक निजामती कर्मचारीहरुलाई निर्देशन दिदै आईरहेको भएपनि केही कर्मचारीहरु देशको ढुकुटी नै बर्बाद गर्ने तर्फ लागि परेका छन् । राजस्व बृद्धी भाडमा जाओस भन्ने मानसिकता लिएका छन् राजस्व अनुसन्धान कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रेम प्रसाद देवकोटाले, पथलैयाको हाकीम भएर आएदेखी देवकोटाले राजस्वको बृद्धी गर्न सफल भएका छैनन् । उनले बीरगंज ट्रान्सपोर्टका सञ्चालक देखि लिएर भारतबाट आएको प्याजका सञ्चालक स“ग रकम लिने गरेको आरोप लागेको छ । राजस्व प्रमुख देवकोटाले एक सशस्त्र प्रहरी जवानलाई बिचौलिया खडा गरि ट्रान्सपोर्ट, प्याजको पिकअप, चिनी गाडी लगायतबाट ठुलो रकम लिने गरेको एक भरपर्दो श्रोतले दाबी गरेका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरीले तस्करी गरि ल्याएको प्याज, चिनी, लत्ता कपडा लगायत लोड गरेको ट्रक, पिकअप अथवा गाडी नियन्त्रणमा लिई राजस्व अनुसन्धान कार्यालय पथलैयामा कारवाहीको लागि पठाएपनि कार्यालय प्रमुख देबकोटाले ट्रान्सपोर्टका सञ्चालकहरुबाट बिचौलियाको माध्यमले ठुलो रकम लिई २५ हजार नेपाली जरिवाना गर्दे राजस्व दाखिला गरेर ट्रक छाड्ने गरेको रहस्य खुलेको छ ।
देवकोटाले बारा, पर्सा, रौतहट लगायतका तस्कर ब्यापारीहरु स“ग रकम असुल्ने बिचौलिया नै खडा गरेका छन् । सम्पर्क आएका तस्करहरुको ट्रक, पिकअप र गाडी कर्मचारीहरुले चेकजांच नगर्ने रातीको बखतमा डिउटीमा खटेका कर्मचारीहरुलाई चिया नास्ता खर्च नेपाली २ हजार देखी ३५ सय सम्म प्रत्येक ट्रक, पिकअप, गाडीले दिने गरेको श्रोतको दाबी रहेको छ । राजस्व अनुसन्धान कार्यालयका हाकीम सहित कर्मचारीहरु घुस खानमा माहिर छन् । बीरगंज आएको बखत राजस्वका अधिकृत देखी पिउन सम्मले घर प्रायोजनका लागि भन्दै महंगो साडी, कुत्र्ता, भान्सा घरको सेट तथा बिदेशी मदिरा ब्लयाक लेबल, रेड लेबल तस्करहरु स“ग खरीद गराउन लगाएको बीरगंजको एक मदिरा पसलको सिसी क्यामरामा स्पष्ट हेर्न सकिन्छ । राजस्व बृद्धि गर्ने जिम्मा लिएका राजस्वका हाकीम देखि पिउन सम्मले भष्ट्रचारी गरेपछि देशको आर्थिक अवस्थामा कहिले पनि सुधार आउन सक्दैन् । यस बारेमा राजस्व अनुसन्धान कार्यालयका प्रमुख प्रेम प्रसाद देवकोटको मोबाईलमा फोन गरि प्रतिक्रिया लिन खोज्दा वहा“को मोवाईल सम्र्पक हुन सकेन । अस्तु