बारा प्रहरीले बिशेष सुचनाको आधारमा मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । मालवाहक ट्रकमा बिलबिजक भन्दा बढीको सामानहरु लोड गरेर गईरहेको सुचना पाएको प्रहरी नायब उपरिक्षक न्यौपानेले भने, सोही सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र प्रहरी चौकी पथलैयाबाट खटिएको संयुतm प्रहरी टोलीले ना ६ ख १०५७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिई चेकजा“च गर्दा बिलबिजक भन्दा बढीको सामाग्रीहरु लोड गरेको भेटिएपछि थप नियन्त्रणमा लिइएको बताउनु भएको छ । प्रहरीले नियन्त्रणमा लिइएको ट्रकमा लोड गरिएको सामानहरुको मुल्याडन ८४ लाख ९८ हजार , ९ सय ५० रुपैया गरेर कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको डिएसपी न्यौपानेले बताउनु भयो । यसैगरी बीरगंजबाट काठमाण्डौ तर्फ जा“दै गरेको बा प्र ०३, ००१ ख २५३९ नम्बरको यात्रु बसलाई प्रहरी चौकी पथलैयाले चेकजा“च गर्दा तीन बोरा बेलुनm २ बोरा स्टिकर गरी २२ हजार ९ सय ४० रुपैयाको सामानहरु नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपिरक्षक दधिराम न्यौपानेले बताउनु भएको छ । प्रहरीले उतm सामानको बिल भरपाई माग्दा गर्दा पनि बिल भरपाई नभएपछि नियन्त्रणमा लिइएको हो ।