पर्साको संखुवापर्साेनी गाउँपालिका वडा नम्बर २ रामभोजी भटामा पाठेबाध मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जानकारी दिइएको छ ा दिपनारायण आर्दश स्कुलको तीनसय मिटर पुर्व निर खेतमा बाघ मृत अवस्थामा फेला परेको हो ा बिहान खेतमा बाघ मृत अवस्थामा भेटिएपछि स्थानिय वासिन्दाहरुले प्रहरीलाई खबर गरेका थिए ा खबर पाउन बितीकै प्रहरी चौकी रंगपुर टांडी , ईलाका प्रहरी कार्यालय एकटांगा र बन कार्यालयको टोली घटनास्थलमा पुगेर मृत बाघको घटनाबारेमा थप अनुसन्धान थालेको छ ा यसैबीच पर्साका पटेर्वा सुगौली गाउापालिका वडा नम्बर २ रंगपुर बजार स्थित बंगुल निवासी ६५ वर्षिय रामेश्वर राउत बाघको आक्रमणबाट घाईते भएका छन् ा राउत बिहान आफनो खेतमा काम गरीरहेको बखतमा अचानक बाघले आक्रमण गरेको थियो ा बाघको आक्रमणबाट राउत घाईते समेत भएको ईलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामराजा केसरीले बताउनु भएको छ ा गत फाल्गुण ७ गते वडा नम्बर २ लक्ष्मीपुर गाउबाट रंगपुर बजार जाने क्रममा २३ वर्षिय सरोज अधिकरीलाई बाघले आक्रमण गर्दा अधिकारी घाईते भएका थिए ा यसैगरी पटेर्वासुगौली गाउापालिका वडा नम्बर २ बस्ने थरकट टोलका ३२ वर्षिय नुजराह महतोको गत पुष ८ गते ज्यान गएको थियो ा पर्सा जिल्लामा बाघको आक्रमण बढ्न थालेपछि स्थानिय वासिन्दाहरु त्रसित भएका छन् ा