वीरगंज, फाल्गुन १९
राजस्व अनुसन्धान कार्यालय पथलैयाका कार्यालय प्रमुख प्रेम प्रसाद देवकोटा कतिको ईमान्दार छन् उनकै कर्मचारीहरुले भन्ने गरेका छन् । हाकिम देवकोटा घुस लिनमा एक नम्बर चतुर रहेको उनीमाथी आरोप लागेको हो । राजस्व बृद्धी गर्ने कर्तब्य देवकोटाको भएपनि बारा, पर्सा रौतहट लगायतका तस्कर, ब्यापारीहरु सँग सुमधुर सम्बन्ध बनाएर ठुलो रकमको घुस लिने गरेको राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक अधिकृतले नाम नछाप्ने शर्तमा भने, हाकीम साहेबले तस्करहरु सँग रकम उठाउनका लागि कार्यालय अधिकृत सुचना अधिकारी प्रमोद चौधरी, कार्यालय प्रमुख तिर्थराज पासवान तथा सशस्त्र प्रहरी समेत परिचालन गरेका छन् । उनीहरुको दैनिक कार्य बीरगंज बिभिन्न प्याज तस्कर, कपडा, हार्डवेयर तथा ट्रान्सपोर्ट भित्र सेटिंग गरेर राजस्व चुवाहट गर्ने तस्करहरु सँग रकम उठाएर हाकीम देवकोटा सम्म पुयाएर भागभण्डा लगाउने काम गर्दै आईरहेको ती कर्मचारीको दाबी रहेको छ । देशको ढुकुटी नै बर्बाद गर्न लागेका कार्यालय प्रमुख देवकोटा, सुचना अधिकारी चौधरी तथा निमित प्रमुख पासवानले खुलेआम तस्करहरु सँँग रकम लिने गरेको धेरै घटनाहरु यस अनलाईन सँग सुरक्षित रहेको छ । भारत सरकारले प्याजको आयातमा प्रतिबन्ध गरेपछि तस्करुले चोरी पैठारी भन्सार छलेर ब्यापक प्याजको तस्करी गरि नेपालको बिभिन्न जिल्लाहरुमा सहज तरिकाले पुयाउने गरेका छन् । सिमानाकामा खटिएका सुरक्षाकर्मीहरुले भन्सार छलेर ल्याएको प्याज सहित ट्रक नियन्त्रणमा लिई कारवाहीको लागि राजस्व अनुसन्धानमा पठाएपनि तस्कहरु सँग साठगाँठ गरेका राजस्वका हाकीमले सानो जरिवाना गरेर छाड्ने गरेको छन् । भारतीय प्याजको तस्करी हुदां नेपाली कृषकहरु मर्का समेत परेका छन् । प्रहरीले नियन्त्रणमा लिएको प्याजको ट्रक राजस्वमा बुझाउदा राजस्वका कर्मचारीहरुले यो प्याज नेपाली हो कि भारतीय भनेर किन अनुसन्धान गदैन त ? राजस्वका कर्मचारीहरुले तस्करहरु सँग साठगाँठ नगरेको भए आवश्यक अनुसन्धान गर्नेथ्यो होला । राजस्व अनुसन्धान कार्यालय पथलैयाका चिफ प्रेम प्रसाद देवकोटाले बीरगंजका बिभिन्न ट्रान्सपोर्टका ब्यापारीहरु सँग राम्रो रकम असुल्ने गरेको आरोप लागेको छ । भन्सार छली गरेर ल्याएको चिनी, कपडा, अचार हार्डवेयर लगायतका तस्करीको सामाग्रीहरु ट्रकमा लोड गरेर लैजादा राजस्व अनुसन्धान कार्यालयका सुचना अधिकारी चौधरी र कार्यालय प्रमुख तिर्थ पासवानले प्रत्येक ट्रकवाला सँग महिनाको एक लाख लिने गरेको एक ट्रान्सपोर्टका सञ्चालकले दाबी गरे, राजस्वका हाकिम, सुचना अधिकारी चौधरी र पासवाले ब्रम्हलुट मच्चाएपछि देशको आर्थिक अवस्थामा उकालो नलागेको हो ।
तस्करहरु सँग कसरी रकम लिने गरेका छन त ?
बीरगंजका नामुद तस्करहरु स“ग राजस्व अनुसन्धान कार्यालय प्रमुख प्रेम प्रसाद देवकोटाले बिचौलियाको माध्यमले रकम असुल्ने गरेका छन् । गत हप्ता चितवनबाट खटिएको सशस्त्र प्रहरी टोलीले सुचनाको आधारमा ग १ ख ५९१४ नम्बरको मिनी ट्रकबाट भन्सार छली ल्याएको प्याज बरामद गरेको थियो । बिलबिजकमा पनि शंकास्पद लागेपछि सशस्त्र प्रहरीले प्याज सहितको मिनी ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाबारामा पठाएको थियो । भारतबाट आयात गरेको प्याज नक्कली बिल बनाई नेपालबाट नै आयात भएको बिलमा देखाइएको थियो । राजस्व मुलुकी ऐन हेर्ने हो भने उतm प्याजको ट्रकलाई निलामि अथवा जरिवाना गर्ने अधिकार रहेको छ । तर हाकीम देवकोटाले बिचौलिया मार्फत ठुलो रकम असुलेर प्याज सहितको ट्रकलाई लाखौ रुपैया जरिवाना गरेर छाडेको हो । हाकिम देवकोटा, सुचना अधिकारी र काम पासवानले प्याज तस्करहरु सँग रकम लिएर छाडेको यो एउटा उधारण मात्र हो, राजस्वका कर्मचारीले बीरगंजका ट्रान्सपोर्टका सञ्चालक, दाल किराना पसलका सञ्चालक स“ग रकम र खाद्दान्न सामाग्रीहरु मांग गरेको रहस्य पनि खोल्नेछौ ंअंगामी अंकमा