बारा प्रहरीले बिशेष सुचनाको आधारमा ग १ ख ९४२४ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढी किराना सामाग्रीहरु लोड गरेको बरामद भएपछि थपकारवाही लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो । भन्सार छलेर अबैध सामानहरु लोड गरेर बीरगंजबाट पोखरा तर्फ जाँदै गरेको सुचना पाएको भने, जितपुर सिमराउ उपमहानगरपालिका वडा नम्बर २१ अमलेखगंज नजिकै उतm मालवाहक ट्रकलाई नियन्त्रणमा लिइएको जानकारी दिनुभयो । प्रहरीले ३९ लाख, २९ हजार, ७३ रुपैयाको किराना सामानहर बरामद भएको बताउनु भएको छ । यसैगरी बारा प्रहरी बिभिन्न स्थानहरुमा छड्के चेकिंग गर्दा कलैयाबाट हेटौडा तर्फ जाँदै गरेको बा ०१, ०२६, च ५५५९ नम्बरको पिकअपमा भन्सार छली गरेको ८०० सय किलो प्याज र ७५० किलो आलु बरामद गरिएको, बीरगंजबाट ना ६ ख ९७६३ गोर्खा तर्फ जाँदै गरेको यात्रु बसलाई चेकजाँच गर्दा ३०० किलो लसुन, बीरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना १ ज ३८८५ नम्बरको सुमोलाई रोकेर चेकजाँच गर्दा मोबाइलको ट्याम्पर ग्लास २०५० पिस लगायत भन्सार छलेको सामाग्रीहरु नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले जानकारी दिनुभयो । बारा प्रहरीले बिभिन्न स्थानहरुबाट नियन्त्रणमा लिइएको ट्रकहरुबाट ४० लाख , ८४ हजार रुपैया बराबरको सामानहरु बरामद गरेको हो ।