पर्सा प्रहरीले बिलबिजक भन्दा बढी लोड गरेको मालवाहक पिकअप तथा ट्रक नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा भन्सार छली गरेर अबैध तरिकाले काठमाण्डौ तर्फ गईरहेको हामीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट सादा पोशाकमा खटिएको प्रहरी टोलीले आइसीपीबाट निस्कीएको दचद्दद्दनब द्धढज्ञट भारतीय पिकअप तथा ना ४ ख ९८७ नम्बरको मालवाहक ट्रकलाई बीरगंज महानगरपालिका वडा नम्बर २५ चण्डाल चोक नजिकै नियन्त्रणमा लिई चेकचाँच गर्दा बिल बिजक भन्दा बढी लता कपडा र किताब बोकेको भेटिएपछि नियन्त्रणमा लिइएको हो ा प्रहरीले बताए अनुसार भारतीय पिकअप र मिनीट्रकबाट १ करोड , ४२ लाख, ७८ हजार , १ सय २० रुपैया बराबरको भन्सार छली गरेर ल्याएको किताब , लताकपडा बरामद भएको पर्साका प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा