बारा प्रहरीले लागु औषध सहित एक युवकलाई प्रक्राउ गरेको छ ा प्रक्राउ पर्नेमा निजगढ नगरपालिका वडा नम्बर ८ खैरघारी बस्ने २८ वर्षिय सरोज दोड रहेका छन् ा ईलाका प्रहरी कार्यालय निजगढबाट खटिएको प्रहरी टोलीले पसाह पुल नजिकै चेकजाँच गर्ने क्रममा साईकल गुडाई आईरहेका दोडलाई शंकालागेपछि उनको शरीर खानतलाशी गर्दा नेपालमा प्रतिबन्धित रहेको डाईजापाम १५ पिस, फेनारगन १५ पिस, नोफिन १५ पिस र सिरिन्ज ३ पिस बरामद भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो ा लागु औषध सहित प्रक्राउ परेका सरोज दोडलाई कलैया अदातलबाट पाँचको म्याद थप गरि अनुसन्धान भईरहेको बताउनु भएको छ ा यसैगरी लागु औषध सहित बारा प्रहरीले तीनजना लाई पक्राउ गरेको छ ा दचण्छ बब द्धद्दडछ भारतीय नम्बरको कारमा सवार भई हेटौडाबाट बीरगंज तर्फ जांदै गरेको अवस्थामा ईलाका प्रहरी कार्यालय अमलेखगंजका प्रहरीले नियमित चेकजाँच गर्ने क्रममा गाडीको पछाडि भागमा बक्स बनाई भित्र लुकाई छिपाई राखेकोमा ओनेरेक्स सिरफ १०० एमल १० वटा बोतल बरामद भएको बाराका प्रहरी नाउब उपिरक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा प्रक्राउ पर्नेहरुमा कार चालक पर्सा जिल्ला बहुदरमाई नगरपालिका वडा नम्बर ४ बस्ने २० वर्षिय राजेश्वर साह, कारमा सवार भएका बीरगंज महानगरपालिका वडा नम्बर १७ बस्ने ३५ वर्षिय अमरुलाहक अंसारी र सोही स्थान बस्ने ३५ वर्षिय शेष फजिल रहेका छन् ा लागु औषध सहित प्रक्राउ परेका तीनजनालाई बारा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरि अनुसन्धान थालेको प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ा