मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरबाट खटिएको प्रहरी टोलीले महोतरी बर्दिबास नगरपालिका वडा नम्बर ३ कालापानी राजमार्ग नजिकैबाट प्याज लोड गरेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रहरी प्रवतmा एवम् प्रहरी उपरिक्षक श्याम महतोले जानकारी दिनुभयो ा भन्सार छली गरेर बदिर्बासबाट ग २ ख १६९२ नम्बरको ट्रक भक्तmपुर तर्फ जाँदै गरेको सुचना पाएपछि बर्दिबास कालापानी नजिकै उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा लोड गरिएको ७ टन प्याजको प्यान बिल नभएको भ्याट अन लाई नभएको हुनाले नियन्त्रणमा लिएर कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको प्रहरी उपरिक्षक महतोले भन्नु भयो ा प्रहरीले ट्रक चालक मिथिला नगरपालिका वडा नम्बर ७ ढल्केबर बस्ने ३८ वर्षिय सुनील पाख्रिनलाई समेत नियन्त्रणमा लिइएको छ ा