बिलबिजक भन्दा बढीको हार्डवेयर बोकेको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा भन्सार छली गरेर काठमाण्डौ तर्फ जाँदै गरेको हामीलाई सुचना पाएपछि जिल्ला प्रहरी कार्यालय पर्साबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर १४ गण्डक चोक नजिकै ना ८ ख ६१७१ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलबिजक भन्दा बढीको हार्डवेयर फेला परेपछि तथा बिलमा पनि शंकास्पद देखिएपछि उतm ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा प्रहरीले हार्डवेयर पार्टस लगायत ट्रक सहितको ४८ लाख, ७८ हजार र ५ रुपैया मुल्याडन गरी राजस्व अनुसन्धान कर्यालय पथलैया बारामा पठाएको जानकारी दिनुभएको छ ा