बारा प्रहरीले बिभिन्न स्थानहरुमा चेकजाँच गर्दा बिल बिजक भन्दा बढीको सामाग्रीहरु बोकेको फेला परेपछि ट्रक र पिकअप भ्यानलाई नियन्त्रणमा लिई थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैयामा पठाएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौापानेले जानकारी दिनुभएको छ ा चितवनबाट बीरगंजतर्फ जाँदै गरेको ना च २४० नम्बरको पिकअप भ्यानलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा बिभिन्न प्रकारको तामाका भाडाकुँडाको बिलबिजक नभएपछि नियन्त्रणमा लिएको हो ा यसैगरी बीरगंजबाट नुवाकोट जाँदै गरेको ना ४ ख ११२७ नम्बरको ट्रकलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा बिलमा शंकास्पद भेटिएपछि नियन्त्रणमा लिइएको बाराका प्रहरी नायब उपरिक्षक न्यौपानेले बताउनु भएको छ ा त्यसैगरी बीरगंजबाट कलैया तर्फ जाँदै गरेको यात्रु वाह अटोलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साडी ५० पिस, थानको कपडा १ थान बरामद भएको हो ा प्रहरीले बिभिन्न स्थानहरुबाट बरामद गरेको सामान सहित ट्रक तथा पिकअप भ्यानको मुल्याडन करिब ३४ लाख, ९२ हजार, ४ सय ४२ रुपैया तोकेर थप कारावाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा