धनगढीबाट बिराटनगर तर्फ जाँदै गरेको ना ६ ख ९०३० नम्बरको यात्रुबस अनियन्त्रित भई ३५ मिटर तल खस्दा १८ जना घाईते भएको बाराका प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भएको छ ा जीतपुर सिमरा उपमहानगरपालिका वडा नम्बर २२ स्थित रहेको ३ नम्बर पुल नजिकै उतm यात्रु बस पल्टिएको थियो ा बस अनियन्त्रित भई तल खसेको प्रहरीलाई सुचना पाएपछि स्थानिय वासिन्दा र प्रहरीको सहयोगमा घाईतेकोहरुको उद्धार गरि बिभिन्न अस्पतालहरुमा उपचार भईरहेको छ ा घाईते हुनेहरुमा मकवानपुर हेटौडा उपमहानगरपालिका १२ बेलडाडा बस्ने नबराज लामाको ९ वर्षि छोरी क्षेसन लामा , सोही स्थान बस्ने ३१ वर्षिय बिष्णु लामा , चितवन भरतपुर महानगरपालिका वडा नम्बर ८ बस्ने दिपेन्द्र ठाकुर , सुनसरी बिराटनगर बस्ने रबिन मगर, चितवन भरतपुर बस्ने ४० वर्षिय कबिता ठाकुर , चितवन महानगरपालिका वडा नम्बर १० बस्ने राखी साह, सोही स्थान वडा नम्बर १० कैलाशनगर बस्ने अस्मि शाह, मकवानपुर हेटौडा उपमहानगरपालिका वडा नम्बर १२ बस्ने सबिना घलान लगायत रहेका छन् ा बारा प्रहरीले बताए अनुसार घाईते १८ जनाको अवस्था सामान्य रहेको छ ा घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले बताउनु भयो ा