बीरगंज महानगरपालिका वडा नम्बर ८ स्थित रहेको प्रभु हस्पिटल र सशस्त्र प्रहरी नेपाल १३ नम्बर गण पर्सा बीच स्वास्थ्य उपचार सेवा सम्बन्धी सम्झौता भएको छ ा सम्झौतामा प्रभु हस्पिटलले राष्ट्रसेवक बहालवाल सशस्त्र प्रहरी कर्मचारी , भुतपुर्व सशस्त्र कर्मचारी र निजहरुका आश्रीत परिवारजन तथा अमर सशस्त्र प्रहरी कर्मचारीका आश्रीत परिवारलाई बिभिन्न उपचारमा १५ देखी २० प्रतिशत सम्म छुटको सुबीधा पाउने सम्झौता भएको सशस्त्र प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा सनम श्रेष्ठले बताउनु भयो ा यसैगरी सशस्त्र प्रहरी बल पर्सा र बीरगंज महानगरपालिका वडा नम्बर ८ लिड्क रोड स्थित रहेको एभरेष्ट दन्त सेवा केन्द्र प्रालि बीच मधेश प्रदेशमा कार्यरत रहेका सशस्त्र प्रहरी राष्ट्रसेवक कर्मचारीहरु ओपीडी तथा फार्मेसीमा ३५ प्रतिशत सम्म छुट सुबिधा पाउने भएका छन् ा