पर्सा प्रहरीले मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर थप कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभएको छ । भन्सार छली गरी अबैध तरिकाले ना ३ ख ७५११ नम्बरको मालवाहक ट्रकमा कपडा तथा खुद्रा सामानहरु लोड गरेर बीरगंजबाट राजबिराज तर्फ जा“दै गरेको सुचना पाएपछि प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरी टोलीले बीरगंज महानगरपालिका वडा नम्बर २१ हनुमानचोक सडकखण्ड नजिकै उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजा“च गर्दा बिलबिजक भन्दा बढीको कपडा र खुद्रा सामग्रीहरु लोड गरेको फेला परेपछि ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो । प्रहरीले बताए अनुसार ना ३ ख ७५११ नम्बरको ट्रकमा लोड गरेको कपडा तथा खुद्रा सामानको विलबिजक पनि संकास्पद भएको हुनाले २५ लाख, ८८ हजार, ९ सय र ५७ रुपैया मुल्याड्न गरी कारवाहीको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया पठाएको बताउनु भयो ।