अबैध लागु औषध सहित सशस्त्र प्रहरी बाराले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ा भारतको दशगाँजा सँग जोडिएको बिश्रामपुर गाउँपालिका १ को बंगरी खोला हुदै आउने क्रममा कोरेक्स नामक औषधी सहित भारत मोतीहारी हरपुर गाउँ पञ्चात वडा नम्बर २ बस्ने २२ वर्षिय सुनी कुमार साह पक्राउ परेको हुन् ा पक्राउ परेका साहले बोरा भित्र लुकाई छिपाई टाउकोमा बोकेर भारतबाट नेपाल तर्फ आउँदै गर्दा सिमा सुरक्षा बल आउट पोष्ट बरनियामा खटिएको सशस्त्र प्रहरी टोलीले सुचनाको आधारमा बोरा खानतलाशी गर्दा नेपालमा प्रतिबन्धित रहेको २३२ कोरेक्सको बोतल सहित पक्राउ गरिएको सशस्त्र प्रहरी उपरिक्षक सन्तोष सिंहले जानकारी दिनुभयो ा बरामद गरिएको कोरेक्स सहित सशस्त्र साहलाई बारा प्रहरीको जिम्मा लगाएको प्रहरी उपरिक्षक सिंहले बताउनु भएको छ ा