दाईजोमा सुनको सिक्री नदिएको भन्दै बेहुला पक्षले बेहुली पक्ष सँग बिवाद गरेपछि पर्सा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको पर्साका प्रहर िनायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भएको छ ा बेहुली पक्षले बिवाह हुनुभन्दा अगाडी दाईजोमा गहना, नगद, मोटरसाईकल, ल्यापटप तथा कपडा बेहुला पक्षलाई दिएपनि कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षिय उमेश साह गोढले जयन्ती लिएर बीरगंज महानगरपालिका वडा नम्बर रामगढवा बेहुली नाम परिवर्तन खुशबु सँग परम्परा बिवाह हुदाँ अचानक बेहुलाका बुवा र आफन्तहरुले दाईजोमा सुनको सिक्राी नपाएको र सिक्री नपाएसम्म बिवाह नहुने जनाएपछि बिवाद भएको हो ा बेहुलीका बुवाले सुनको सिक्री हामी दिन्छौ , बिहान लिनु होला भन्दा पनि बेहुलाका आफन्तहरुले बेहुली पक्षका आफन्तहरु सँग हातपात तथा बाद विवाद गरेपछि बिवाह नहुने भन्दै बिवाह मण्डपबाट केटा पक्षहरु जान लागेको वडा प्रहरी कार्यालय श्रीपुर प्रहरीलाई सुचना दिएपछि प्रहरीले बेहुला सहित पाँच जनालाई नियन्त्रणमा लिएर पर्सा जिल्ला अदालतबाट दुई दिनको म्याद थप गरी अनुसनधान थालेको हो ा पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नम्बर ४ बस्ने २८ वर्षिय उमेश साह गोढ , सोही स्थान बस्ने ६० वर्षिय बच्चालाल साह गोढ, ४२ वर्षिय राकेश साह गोढ, मुकेश साह गोढ र परवानीपुर गाउँपालिका वडा नम्बर ५ बस्ने ४५ वर्षिय रामएकवाल साह रहेका छन् ा यसैगरी पर्साको बिन्दावासिनी गाउँपालिका वडा नम्बर ४ मधुवल टोलमा सखुवप्रर्साेनी गाउँपालिका देवरानाबाट आएको जयन्तीमा बिवाह भोजमा माछा नदिएको भन्दै बेहुला र बेहुली पक्षबाट कुटाकुट भएको छ ा बेहुली पक्षले भोजमा माछा नदिएको भन्दै भाडिएको बिवाह पुर्ण गाउँका भद्रभलादमी र जनप्रतिनिधीहरुको आग्रहमा सोमवार बिवाह सम्पन्न भएको हो ा दुबै पक्षबाट कुटाकुट हुदां बेहुलाका बुवा समेत समान्य घाईते भएका छन् ा