लागु औषध गाँजा सहित एक बृद्ध पक्राउ परेका छन भने भारतीय नागरिक फरार भएको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले भने, बीरगंज महानगरपालिका वडा नम्बर ९ स्थित रहेको तरकारी बजार नजिकै टेम्पु स्टेशनमा सेतो प्लाष्टिक झोला लिएर बसेका बृद्ध माथी संका लागेपछि अस्थायी प्रहरी चौकी घण्टाघरबाट खटिएको टोलीले उतm झोला खानतलाशी गर्दा अबैध लागु औषध गाँजा ३ किलो ५०० ग्राम सहित पर्सा सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ८ जमुनिया बस्ने ५५ वर्षिय धु्रव ठाकुरलाई पक्राउ गरिएको छ ा यसैगरी बीरगंजको नगवा स्थित रहेको कवाड गोदाममा लागु औषधको कारोवार भईरहेको पर्सा प्रहरी सुचना पाएपछि वडा प्रहरी कार्यालय बिर्ता र नगवा ई प्र का नगवाबाट खटिएको संयुतm प्रहरी टोलीले छापामारी गर्दा गोदाम भित्र लुकाई छिपाई राखेको अवस्थामा तिन पोका लागु औषध गाँजा ५ केजी ८०० ग्राम बरामद गरिएको पर्साका प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिनुभयो ा लागु औषध खरीद बिक्री गर्ने गोदामका सञ्चालक भारत बिहार पुर्वी चम्पारण ग्राम बस्तीपुर रामगढवा बस्ने ३० वर्षिय अरबिन्द कुमार गुप्ता भने फरार रहेका छन् ा फरार रहेका गुप्ताको खोजतलाश भईरहेको प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा गाँजा सहित पक्राउ परेका ठाकुरलाई थप अनुसन्धान भईरहेको छ ा