पर्सा प्रहरीले अबैध तरिकाले भन्सार छली ल्याएको लताकपडा तथा खाद्दान्न लगायत मालबस्तुहरु बेवारिसे अवस्थामा फेला परेको पर्साका प्रहरी नायब उपरिक्षक एवम् प्रवतmा कुमार बिक्रम थापाले जानकारी दिनुभयो ा वडा प्रहरी कार्यालय बिर्ताबाट खटिएको प्रहरी टोलीले बीरगंजको घण्टाघर गस्ती गर्ने क्रममा चोरी पैठारी गरी ल्याएको भरिया तस्करहरुले प्रहरीलाई हेर्न बितिकै तस्करी सामान छाडेर फरार भएका हुन् ा बेवारिसे अवस्थामा बरामद भएको लताकपडा , खाद्दान्न तथा मालबस्तु ६ लाख, १ हजार , ९ सय ३० रुपैया बराबरको प्रहरीले बरामद गरेको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भएको छ भने थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालय पठाएको बताउनु भयो ा