सशस्त्र प्रहरी बल नेपाल बिओपी डा्रईपोर्टबाट खटिएको सशस्त्र प्रहर िटोलीले अबैध लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएर पर्सा प्रहरीको जिम्मा लगाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरीले जनाए ा पर्साको बिश्रामपुरबाट बीरगंजतर्फ आउँदै गरेको ना १३ प ६५९५ नम्बरको मोटरसाईकल नियन्त्रणमा लिई शंकाको आधारमा सशस्त्र प्रहरीले चेकजाँच गर्दा कालो रंगको प्लाष्टिकको झोलाबाट १ केजी ८०० ग्राम लागु औषध गाँजा बरामद गरिएको हो ा गाँजा सहित बीरगंज महानगरपालिका वडा नम्बर १६ फुलवारी टोल बस्ने ४५ वर्षिय ईसलाम मियाँ पक्राउ परेका हुन् ा मियाँलाई थप अनुसन्धान जिल्ला प्रहरी कार्यालय पर्सामा भईरहेको पर्साका प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भयो ा यसैगरी बिशेष सुचनाको आधारमा लागु औषध नियन्त्रण ब्युरो तथा वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको संयुतm टोलीले बीरगंजको पावरहाउस चोकबाट लागु औषध सहित बीरगज वडा नम्बर १३ राधेमाई टोल बस्ने ४८ वर्षिय बिनोद गुप्तालाई पक्राउ गरिएको प्रहर िनायब उपरिक्षक कुमार बिक्रम थापाले बताउनु भएको छ ा पक्राउ परेका गुप्ता पावरहाउस बाट गण्डक तर्फ पैदल जाँदै गरेको अवस्थामा प्रहरी नियन्त्रणमा लिई चेकजाँच गर्दा कालो प्लाष्टिकझोबाट ३० ट्रयाब्लेटको दरले ६० पतामा १८०० पिस लागु औषध नाईट्राभेट बरामद गरिएको प्रहरी नायब उपरिक्षक थापाले बताउनु भयो ा गुप्तालाई लागु औषध सम्बन्धीमा थप अनुसन्धान भईरहेको छ ा