रौतहट प्रहरी ज्यान मार्ने उघोग मुद्दामा फरार रहेका एक अपराधीलाई पक्राउ गरेको छ ा रौतहट जिल्ला अदालतले ज्यान मार्ने उघोगमा रौतहट गजुरा नगरपालिका वडा नम्बर ८ बस्ने २४ वर्षिय महम्द मिसुन अन्सारीलाई गौर जिल्ला अदालतले दोषी ठहर गरेपछि अन्सारी फरार भएका थिए ा बिशेष सुचनाको आधारमा रौतहट प्रहरीले महम्द अन्सारी घरमा लुकीछिपी बस्दै आईरहेको अवस्थामा पक्राउ गरिएको रौतहट प्रहरीले जनाएको छ ा पक्राउ परेका अन्सारीलाई थप अनुसन्धान ईलाका प्रहरी कार्यालय गरुडा भईरहेको रौतहट प्रहरीको एक प्रहरी अधिकृतले भनेका छन् ा