बारा जिल्लाको बिभिन्न स्थानहरुबाट प्रहरीले बिशेष सुचनाको आधारमा भन्सार छली चोरी पैठारी गरी ल्याएको तस्करीको सामाग्री सहित ट्रक नियन्त्रणमा लिई थप अनुसन्धानको लागी राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले भने, हामीलाई राजस्व छली गरेर काठमांडौ लगायत अन्य जिल्लाहरु तर्फ जा“दै गरेको सुचना पाएपछि सोही सुचनाको आधारमा बीरगंजबाट ना ५ ख ७९४७ नम्बरको मिनी मालवाहक ट्रक काठमांडौ तर्फ जा“दै गर्दा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले उतm ट्रकलाई नियन्त्रणमा लिई चेकजांच गर्दा बिलबिजक भन्दा बढीको कपडा, औषधी तथा किराना सामाग्रीहरु बरामद भएपछि नियन्त्रणमा लिएको प्रहरी नायब उपरिक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयो । प्रहरीले ३६ लाख , ८७ हजार र १७ रुपैया बराबरको सामानहरु बरामद गरेको प्रहरीको भनाई रहेको छ ।
यसैगरी बीरगंजबाट रुपन्देही तर्फ जा“दै गरेको ना ३ ख ६९५९ नम्बरको मालवाहक ट्रकलाई प्रहरी चौकी पथलैयाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजा“च गर्दा कपडा, औषधी, चकलेट किराना सामाग्रीहरुको बिल बिजक नभएको र बिल शंकास्पद भएको हुनाले उतm ट्रकलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरिक्षक न्यौपानेले दाबी गर्नुभयो । ना ३ ख ६९५९ मालवाहक ट्रकबाट ३८ लाख, ८३ हजार, १ सय ४० रुपैया बराबरको तस्करी सामानहरु बरामद गरिएको बारा प्रहरीले जनाएको छ ।