बीरगंज रक्तसञ्चार केन्द्रलाई राउन्ड टेबल नेपालले एक थान फ्रिज सहयोग गरेको छ ा एक कार्यक्रमको बीच राउन्ड टेबल नेपाल ८ का अधयक्ष आकाश सर्राफको नेतृत्व टोलीले नेपाल रेडक्रस सोसाइटी पर्साका कोषाध्यक्ष महन्त प्रसाद यादव र केन्द्रका प्रमुख सौरभ राज पाण्डेलाई फ्रिज हस्तान्तरण गरेको हो ा फ्रिज हस्तान्तरण गर्दै राउन्ड टेबलका अध्यक्ष सर्राफले फ्रिज अभावका कारण रगत ब्यवस्थापन गर्नमा समस्या नहोस उदेश्यका साथ फ्रिज हस्तान्तरण गरेको बताउनु भयो ा राउन्ड टेबल इन्टरनेशनलको अवसर पारेर संस्थाले सञ्चालन गरेको कार्यक्रममा विभिन्न स्थानमा रक्तदान कार्यक्रमहरू आयोजना भइरहेको उनले बताए । फागुन २६ देखि सुरु भएको कार्यक्रम मार्फत हालसम्म १ सय ६० पोका भन्दा बढी रगत सङ्कलन भइसकेको बताए । “ब्लड डोनेसन ड्राइभ” कार्यक्रम आगामी चैत्र ७ गतेसम्म चल्ने बताएका छन् ा