
नेपाली कांग्रेशका महासमिती सदस्य एवम् मधेश प्रदेशका पुर्वमन्त्री ओम प्रकाश शर्माले स्कुटरलाई ठक्कर दिएका छन् ा शर्माले आफै चलाएको बागमती प्रदेश ०१, ०२८ च ५९८७ नम्बरको कारले प्र, २, ०३, ०२१ प ०२४६ नम्बरको स्कुटरलाई ठक्कर दिएका हुन् ा गएराती बीरगंजको पुजन होटल नजिकै स्कुटर पार्किगं गरेर राखेको बखतमा शर्माले चलाएको कारबाट ठक्कर दिदां स्कुटरमा झति समेत भएको छ ा कारको पछाडि भागको चक्कामा स्कुटर माथी चढेको स्थानियहरुले बताएका छन् ा मदिराले मातेका पुर्व सभासद शर्माले कार पछाडि गर्ने क्रममा उतm घटना भएको हो ा स्कुटरलाई ठक्कर दिएपछि शर्मा आफैले उतm घटना मिलापत्र गरेका हुन् ा स्कुटर चालकलाई शर्माले झति भएको स्कुटर म बनाई दिन्छु भन्दै आग्रह गरेपछि उतm घटना आपसीमा मिलापत्र भएको स्थानियहरुले बताएका छन् ा घटनामा प्रहरीलाई जानकारी नगराउनका कारण मदिरामा मस्त भएर स्कुटरलाई ठक्कर दिएका ओम प्रकाश शर्मालाई प्रहरीले आवश्यक सोधपुछ , बिलबुक , लाईसेन्स अथवा मापसे चेक गराउँला त्रासले घटना तुरुन्तै मिलापत्र गरेका हुन् ा घटनामा प्रहरी आयो भने हामी दुबैपक्ष मिलीसकेको प्रतिक्रिया दिन्नु भन्दै शर्माले स्कुटर चालकलाई आग्रह गरेको घटना स्थलमा रहेका स्थानियको दाबी रहेको छ ा यस बारेमा पुर्व सभासद शर्मा सँग बुझन खोज्दा घटना भएको स्वीकार समेत गरेका छन् ा