बीरगंज महानगरपालिकाले आर्थिक वर्षको ८ महिनामा ३३ करोड ३२ लाख ४६ हजार ६१७ रुपैँया राजस्व सङ्कलन गरेको राजस्व महाशाखा प्रमुख मनोज कर्णले जानकारी दिनुभयो ा
महानगरपालिकाले सम्पत्तिकरबाट १२ करोड ११ लाख ९७ हजार ९०६, भूमिकर(मालपोतबाट ६६ लाख ४४ हजार ४८०, घरबहाल करबाट चार करोड तीन लाख ८५ हजार ९५१, बहाल बिटौरीकरबाट १५ लाख १९ हजार ४१६ रुपैँया राजश्व संकलन गरेको उनले बताए । यसैगरी सवारीसाधन कर ९साना सवारी० बाट २० लाख १८ हजार ३७०, पूर्वाधार सेवाको उपभोगमा लाग्ने कर १ करोड ४ लाख १२ हजार ४३०, बाँडफाँडबाट प्राप्त हुने विज्ञापन कर १९ लाख ६७ हजार २६२ रुपैँया संकलन भएको वीरगञ्ज महानगरपालिकाले जनाएको छ । महानगरले चालु आवमा ७० करोड रुपैँया राजस्व सङ्कलन गर्ने लक्ष्य पाएको छ ।