महिला तथा बिधालयका बच्चाहरुको अश्लील भिडीयो बनाएको आरोपमा छिपरमाई गाउँपालिका वडा नम्बर ५ निवासी ३० वर्र्षिय सज्जाद आलम अहमदलाई पर्सा प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको छ ा पक्राउ परेका सज्जादले आफनै गाउँ छिमेकी महिला र स्कुले बालिकाहरुको अश्लील भिडीयो बनाएको भन्दै गाउँका महिलाहरुले नियन्त्रणमा लिई अस्थाई प्रहरी चौकी भिष्वाको प्रहरीको जिम्मा लगाएका थिए ा प्रहरी चौकीमा महिलाहरुको सख्या बढ्न थालेपछि सज्जादलाई प्रहरीको घेरामा ईलाका प्रहरी कार्यालय पोखरीयामा पुयाएको थियो ा सञ्जादलाई कडा भन्दा कडा कारवाही होस भन्दै भिस्वाका स्थानियहरुले टायर बालेर बजार बन्द गर्न थालेपछि सज्जादलाई ईलाका प्रहरी कार्यालय पोखरीयामा पठाएको भिष्वाका एक प्रहरीले बताएका छन् ा केही दिन देखी सज्जादले लुकेर गाउँका महिला र बच्चाहरुको अश्लील भिडिीयो बनाएको स्थानिय महिलाहरुलाई जानकारीमा आएपछि नियन्त्रणमा लिएको हो ा प्रहरीले सज्जादको साथबाट एक थान मोबाईल, र २ थान पेनडा्रईभ पनि बरामद गरिएको ईलाका प्रहरी कार्यालय पोखरीयाका प्रहरी निरिक्षक मोहन बिक्रम केसीले जानकारी दिनुभयो ा घटना बारे अनुसन्धान भईरहेको प्रहरी निरीक्षक केसीले बताउनु भएको छ ा