क्यान्सर सुगर रक्तचाप, पत्थरी लगायतका बिभिन्न रोग नि शुल्क उपचार गरिने भन्दै सर्वसाधारण नागरिकहरुलाई ठगी गर्दै आएका काली कम्बल वाले बाबा फरार भएको पर्सा प्रहरीले जनाएको छ ा काली कम्बल बाबाले सबै रोगको उपचार गर्ने भन्दै बिभिन्न जिल्लाहरुबाट हजारौको संख्यामा बिरामीहरुको घुईचो लाग्ने गरेको थियो ा कम्बल बाबाले नेपाली जनताहरुलाई ठगी गरिरहेको स्थानिय प्रहरी प्रशासनलाई जानकारी पाएपछि आईतवार दिउँसो प्रहरीले कम्बल वाले बाबालाई नियन्त्रणमा लिन खोज्दा बाबा पहिला नै फरार भईसकेका थिए ा प्रहरीले नियन्त्रणमा लिने सुचना पाएपछि बाबा शिविर छाडेर फरार भएका हुन् ा बाबालाई प्रहरीले समातेर लगेको भन्दै बाबाको समर्थकहरु सडकमै बसेर प्रर्दशनमा उत्रिएका थिए ा धर्नाका कारण सडक अवरुद्ध भएपछि सडक खुलाउन खोज्दा प्रहरी साय झडप समेत भएको छ ा प्रहरीको लाठीचार्जबाट केही प्रर्दशनकारी घाईते भएका छन् ा