सशस्त्र प्रहरीले भन्सार छली गरी ल्याएको सामाग्रीहरु नियन्त्रणमा लिएर थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको सशस्त्र प्रहरी १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक सनम श्रेष्ठले बताउनु भयो ा सीमा सुरक्षा गुल्म बीरगंज भन्सारबाट खटिएको ७ जनाको गाडी मोबाईल टोलीले गस्ती गर्ने क्रममा भारतबाट साईकलमा लोड गरी नेपाल तर्फ आउँदै गर्दा सशस्त्र प्रहरीलाई हेर्न बितिकै साईकल छाडेर भरिया तस्करहरु फरार भएका छन् ा प्रहरीले किराना सामान, लताकपडा र फलफुल गरी २ लाख ५६ हजार ९ सय ९० रुपैया बराबरको तस्करीको सामानहरु नियन्त्रणमा लिईएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताउनु भएको छ ा