सिमा सुरक्षा बल गुल्म बीरगंजबाट खटिएको सशस्त्र प्रहरीले हुण्डीको रकम सहित भारतिय नागरिकलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल १३ नम्बर गणका प्रहरी नायब उपरिक्षक एवम् प्रवक्ता सनम श्रेष्ठले जानकारी दिनु भएको छ ा भारतबाट नेपाल तर्फ पैदल आउंदै गर्दा निममित चेकजाँच गर्ने क्रममा शंकरआचार्य गेट नजिकै खटिएको सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको पाँच लाख नेपाली रुपैया सहित भारत रक्सौल नगर पञ्चयात ७ बस्ने २४ वर्षिय उमेश कुमार यादवलाई पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक श्रेष्ठले बताउनु भयो ा नेपाली रुपैया सहित पक्राउ परेका यादवले श्रोत खुलाउन नसकेपछि अबैध हुण्डीको रकम भएको हुनाले थप कारवाहीको लागी बीरगंज भन्सार कार्यालयमा पठाएको प्रहरी नायब उपरिक्षक सनम श्रेष्ठले बताउनु भएको छ ा पर्सामा प्रहरी उपरिक्षक कुमोद ढुंगेल आगमन भएपछि हुण्डीका कारोवारीहरुले आफनो कार्य गर्ने शैलीमा परिर्वतन समेत ल्याएका छन् ा स्थानिय प्रहरी प्रशासनले भारतबाट आउने र नेपालबाट भारत जाने यात्रु तथा सवारी साधान माथी कडा निगरानी गर्न थालेपछि अबैध हुण्डीका कारोवारीहरुले पनि आफनो पेशामा परिवर्तन ल्याएको एक भरपर्दाे श्रोतको दाबी रहेको छ ा प्रहरीलाई शंका नहोस भन्दै हुण्डीका कारोवारीहरुले रु २ लाख देखी ५ लाख सम्म मात्र कारोवार गरिरहेका छन् ा खुल्ला सिमानाका भएको हुनाले नेपाल र भारत तर्फ जाने यात्रुहरुले नेपाली १ लाख देखी ३ लाख सम्म बोकेर किनमेल गर्ने गरेका हुन्छन् ा तर हुण्डीका कारोवारीहरुले भरिया प्रयोग गरेर २ लाख देखी ५ लाख सम्म दिएर किनमेन गर्ने गईरहेको भन्दै आफनो ब्यापार फस्टाएको श्रोतको भनाई रहेको छ ा हुण्डीको कारोवारीहरु सँग अहिले पनि केही स्थानिय प्रहरी प्रशासनका कर्मचारीहरु हातोमालो गरेको श्रोतको दाबी रहेको छ ा सिमानाकामा सशस्त्र प्रहरीले श्रोत खुल्न नसकेको रकम सहित भारतिय नागरिकलाई पक्राउ गरेपछि उतm घटनाले स्पष्ट हुन्छ , हुण्डीका कारोवाररीहरुले पनि आफनो कार्य शैलीमा परिवर्तन ल्याएका छन् ा