रामनवमीको अवसरमा गहवामाई मन्दिरमा महाआरती सम्पन्न भएको छ ा हिन्दुहरुको धार्मिकस्थल रहेको गहवामाई मन्दिर सञ्चालक समितीको आयोजनामा सम्पन्न भएको महाआरतीमा नेपाल र भारतका भतmजनहरुको बाक्लो उपस्थिती रहेको थियो ा गहवामाई मन्दिर परिसरमा सामुहिक रुपले महाआरती गरिएको मन्दिरका सञ्चालक समितीले जनाएको छ ा महाआरती कार्यक्रमलाई सम्बोधन गर्दे बीरगंज महानगरपालिका मेयर राजेश मान सिंहले महाआरतीले गर्दा बीरगंजलाई धार्मिक पर्यटकीय गन्तब्यको रुपमा बिकास गर्न जनाउंदै धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई कायम गर्न धर्म र अध्यात्मका बारेमा जान्नुपर्ने आवश्यकता रहेको बताउनु भयो ा महाआरतीमा हजारौको संख्या भन्दा बढी श्रदलुहरुको भीडभएपछि स्थानिय प्रहरी प्रशासनले सुरक्षा ब्यवस्था कडा बनाएको थियो ा गहवामाई मन्दिरमा मंगलवार पहिलो पटक निकालिएको डोली यात्राको सफलपश्चात् महाआरतीको आयोजना गरिएको मन्दिरका सञ्चालक समितीका अध्यक्ष नरेन्द्र साहले बताउनु भएको छ ा सोही अवसरमा मन्दिर सञ्चालक समितीले बीरगंजका पत्रकार तथा बिभिन्न संघ संस्थाका ब्यतिmहरुलाई सम्मान समेत गरेको थियो ा यसैगरी रामनवमीको अवसरमा शोभा यात्रा महोत्सवको आयोजना गरिएको छ ा बीरगंजको घडीअर्वा पोखरी नजिकै रहेको रामजानकी मन्दिरबाट हजारौको संख्यामा रहेका श्रदालुहरुले बृहत सोभा यात्रा सहित झाँकी प्रर्दशन गर्दे नगर परिक्रमा समेत गरेको थियो ा बीरगजका मेयर राजेश मान सिंह , वडा नम्बर १० का वडा अध्यक्ष सुशील साह कानु लगायत स्थानियहरुको सहभागितमा निस्कीएको शोभा यात्रा नगर परिक्रमा गरी पुर्ण मन्दिर पुगेर सम्पन भएको थियो ा मर्यादा पुरुषोतम श्रीरामको जन्मोत्सव बीरगंजमा भब्य रुपमा मनाएको देख्दा हिन्दु धर्मालन्बीहरु ह्र्षित भएका छन् ा रामनवमीको अवसरमा घडिअर्वा स्थित रहेको रामजानकी मन्दिरमा बिभिन्न कार्यक्रम गरी रामनवमी मनाईरहेको छ ा रामनवमीको अवसरमा नगरप्रमुख सिंहले वीरगञ्जलाई धार्मिक पर्यटकीय स्थलका रूपमा स्थापित गर्ने हेतुले विभिन्न कार्यक्रम गर्दै आएको बताए । उनले भने, ‘ओझेलमा परेका धार्मिक स्थलको जीर्णोद्धार गरेर विभिन्न पर्व तथा मेला आयोजना गर्दै आएका छौँ । यसले एकातर्फ सामाजिक सद्भाव बढाउने काम गरिरहेको छ । अर्कोतर्फ स्वदेशी तथा छिमेकी मुलुक भारतका पर्यटकको कसरी पर्सामा बसाइ लम्ब्याउनेतर्फ केन्द्रित हुँदै आएका छौँ ।’